चार हजार ४०१ परीक्षणमा ४०३ जनामा सङ्क्रमणको पुष्टि
गोरखापत्र अनलाइन
पुष २०, २०७७ सोमबार
नेपालमा कोरोनाभाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६२ ह्जार २६२ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५९४ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन्...