मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना मुक्त
रासस
पुष १८, २०७७ शनिबार
कर्णाली प्रदेशका तीन जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मुगु, कालीकोट र रुकुमपश्चिम कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
यी तीन जिल्लामा कोरोनाका सबै बिरामी निको भएसँगै बाँकी सात जिल्लामा पनि निको हुने सङ्क्रमितको दर बढ्दै गएको मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी...