एघार अर्ब सरकारले दिनुपर्छ : समिति, सबै सकिँदैन : अर्थ मन्त्रालय
विष्णु पाण्डेय
माघ २७, २०७८ बिहीबार
कोरोना भाइरसबाट सङ्क्रमितलाई उपलब्ध गराउने भनेको बीमा बापतको भुक्तानी डेढ वर्ष वित्दा पनि अझै भुक्तानी हुन सकेको छैन ।
सरकारले उपलब्ध गराउनु पर्ने झण्डै ११ अर्व रुपियाँ जोहो कहाँबाट गर्ने अन्योल भएका कारण बीमाको भुक्तानी रोकिएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार ११ अर्ब रुपियाँ सरकारले उपलब्ध गराउन बाँकी रहेको छ । बीमा कम्पनीहरुले प्रिमियम बापतको साढे तीन अर्व रुपियाँ बराबरको कोरोना बीमा...