आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो
गोरखापत्र अनलाइन
माघ २४, २०७८ सोमबार
सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ ।
बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरासियाले जानकारी दिनुभयो ।