उपत्यकामा २४ घण्टामा ७४५ जनामा संक्रमण, २९ हजार सक्रिय संक्रमित
गोरखापत्र अनलाइन
माघ २१, २०७८ शुक्रबार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं ५७०, लतिलपुर १२० र भक्तपुर ५५ गरेर २४ घण्टामा ७४५ जनामा सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा १६ हजार ३, ललितपुरमा नौ हजार ३५१ र भक्तपुरमा ३ हजार ८२९ रहेका छन्।