logo
२०८१ बैशाख २४ सोमवार



नेपालमा तीन करोड ३९ लाख मात्रा खोप लगाइयो, कुन देशमा कति ?

स्वास्थ्य |


नेपालमा तीन करोड ३९ लाख मात्रा खोप लगाइयो, कुन देशमा कति ?


काठमाडौं, माघ २४ गते । सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म तीन करोड ३९ लाखभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार सरकारले अहिलेसम्म तीन करोड ३९ लाख छ हजार २८९ मात्रा खोप लगाएको छ । जसमध्ये एक करोड ७७ लाख ७४ हजार ५९४ जनाले पहिलो मात्रा र एक करोड ५५ लाख २४ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यस्तै, छ लाख छ हजार ९११ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । सरकारले कुल जनसङ्ख्याको ७०.४ प्रतिशतले एक मात्रा र ५३.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको जनाएको छ ।

त्यस्तै, १८ वर्ष माथिका लक्षित जनसङ्ख्याको ८८.२ प्रतिशतले एक मात्रा र ७२.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको तथ्याङ्कमा उल्लेख गरिएको छ । २४ घण्टामा ७९ हजार ९५९ जनाले खोप लगाएका छन् ।

नेपालले लक्षित जनसङ्ख्याको ७० प्रतिशतलाई खोप लगाएकोमा चैत मसान्तसम्म १८ वर्षमाथिका लक्षित जनसङ्ख्याको सत प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

विश्वमा कुन देशले कति खोप लगाए
आवर बल्र्ड इन डेट नामक वेभसाइटको फ्रेबअरी पाँचको तथ्याङ्क अनुसार विश्वमा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

कुल जनसङ्ख्यामा अमेरिकामा ६४ प्रतिशत, चीनमा ८५ प्रतिशत, क्यानडामा ८० प्रतिशत, अस्ट्रेलियामा ७९ प्रतिशत, भूटानमा ७३ प्रतिशत , भारतमा ५२ प्रतिशत, अफगानिस्तानमा ९.८ प्रतिशतले खोप लगाएका छन् । यस्तै,  एसियामा ६२ प्रतिशत, अफ्रिकामा ११ प्रतिशत कोरोना भाइरस विङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?