दाङका थप आठ जना कोरोना जितेर घर फिर्ता
गोरखापत्र अनलाइन
जेष्ठ १६, २०७७ शुक्रबार
कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर शुक्रबार घर फर्कनुभएको छ । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना बिरामी घर फर्किनुभएको हो ।
शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो । बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज...