नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज, अस्पताल सङ्क्रमितमुक्त
गोरखापत्र अनलाइन ,
जेष्ठ १२, २०७७ सोमबार
कोरोना सङ्क्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना डिस्चार्ज भएका छन् । सबै सङ्क्रमित कोरोनामुक्त भई सोमबार डिस्चार्ज भएपछि अस्पताल सङ्क्रमितविहीन बनेकाे छ । पछिल्लो शनिबार, आइतबार र सोमबार गरी तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि वीरगञ्जको नारायणी अस्पताल कोरोना सङ्क्रमितमुक्त बनेको हो ।