अस्पतालका चिकित्सक र कर्मचारीको बिमा
रासस
जेष्ठ १२, २०७७ सोमबार
नेपाल नेशनल अस्पताल, कलङ्कीले आफ्नो अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीको बिमा गर्ने भएको छ । नेशनल अस्पतालले विश्वव्यापी रूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चिकित्सक, नर्स तथा कर्मचारीको रु एक लाख बराबरको बिमा गर्न लागेको हो ।