भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टरका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका दिइने
गोरखापत्र अनलाइन
माघ १४, २०७८ शुक्रबार
सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिइने भएको छ ।
कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिइने भएको हो ।
राष्टिय खोप समितिको सल्लाह अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भेरोसेल खोपको दुबै...