११ वर्षमा ३५ हजार कुष्ठरोगी थपिए
सिर्जना खत्री
माघ १६, २०७८ आइतवार
नेपालमा हरेक वर्ष कुष्ठरोगका बिरामी बढ्दै गएका छन् । सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण मुलुकको रुपमा घोषणा गरेयता ३५ हजार बिरामी थपिएका हुन् ।
कुष्ठरोग निवारण घोषणा भएपछि बिरामीको संख्या घटेर शून्यमा झर्नुको सट्ट ११ वर्षमा ३५ हजार भन्दा बढी बिरामी थपिएका हुन् । यसरी बिरामी बढ्नु नेपालको लागि आर्थिक, सामाजिक हिसाबले निकै दुःखद भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख...