गुल्मीमा सङ्क्रमण तीव्र, कोरोना परीक्षण प्रयोगशाला बन्द
गोरखापत्र अनलाइन
माघ ६, २०७८ बिहीबार
गुल्मीमा दैनिक रुपमा कोरोना बढ्दो क्रममा छ । गुल्मीका गाउँ बस्तीहरुमा अहिले कोरोना फैलिएको छ । तर, गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने रकम अभावका कारण बन्द छ ।
स्थानीय तहहरुले रकमको जोहो गरेर जेनतेन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभावका कारण बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।