उपत्यकामा मात्रै पाँच हजार ५४९ जनामा कोरोना पुष्टि
गोरखापत्र अनलाइन
माघ ४, २०७८ मंगलवार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै पाँच हजार ५४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा पाँच हजार ५४९ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौंमा ४००४, भक्तपुरमा ५७०, ललितपुरमा ९७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।