आजबाट सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य, हराए यसरी निकाल्नुहोस्
गोरखापत्र अनलाइन
माघ ७, २०७८ शुक्रबार
आजबाट सार्वजनिक सेवा लिन अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने नियम लागू भएको छ । सरकारले कोरोना सङ्क्रमणदर बढेपछि सङ्क्रमणलाई नियन्त्रण गर्न शुक्रबारदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिनका लागि खोप कार्ड देखाउनुपर्ने नियमलाई लागू गरेको हो ।
कार्यालय, होटल, फिल्म हल, रंगशाला, हवाईयात्रा गर्दा कोरोनविरुद्धको खोप लगाएको कार्ड वा फोटो अनिवार्य रुपमा देखाएर मात्रै प्रवेश गर्न पाइने छ ।