माघ तेस्रो साता सङ्क्रमण उच्च पुग्ने, १३ हजार अस्पताल भर्ना हुने
सिर्जना खत्री
माघ ५, २०७८ बुधबार
सरकारले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर माघ महिनाको तेस्रो साता उच्च विन्दुमा पुग्ने अनुमान गरेको छ ।
माघको तेस्रो साता नेपालमा दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा बढी हुनसक्ने पीसीआर विधिको आधारमा अनुमान सरकारले गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलल जानकारी दिनुभयो ।