स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्यकर्मीको मनोवल उच्च पार्न सरकार समक्ष १३ बुँदे माग
गोरखापत्र अनलाइन
माघ ३, २०७८ सोमबार
राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न सरकार समक्ष १३ बुँदे माग गरेको छ ।
संघले सोमबार विज्ञप्ती जारी गर्दै अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीहरुका लागि व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, सङ्क्रमित स्वास्थ्यकर्मीहरुको निशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको यथासिघ्र वीमाको व्यवस्था गर्नुपर्ने...