घरेलु हतियारको प्रयोगले सुरक्षाकर्मीको ज्यान जोखिममा, ६ वर्षमा ११ काे मृत्यु
गोरखापत्र अनलाइन
चैत्र ९, २०७८ बुधबार
पछिल्लो समय स्थानीय स्तरमा हुने आन्दोलनहरुमा घरेलु हतियारको प्रयोग गर्ने क्रम बढेपछि सुरक्षाकर्मीको ज्यान जोखिममा पर्ने गरेको छ । यस्तै घटनामा विगत ६ वर्षमा ११ जनाको प्रहरीकाे मृत्यु भएकाे छ ।
आइतबार मात्रै मोरङमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोली र स्थानीयबीच झडप हुँदा स्थानीयको चक्कु प्रहारबाट घाइते भएकी महिला प्रहरीको ज्यान गएको छ ।