६५० एमजीको पारासिटामोल दर्ता गर्ने निर्णय, कतै विरोध,कतै स्वागत
गोरखापत्र अनलाइन
चैत्र १५, २०७८ मंगलवार
औषधि सल्लाहकार समितिको बैठकले औषधि व्यवस्था विभागलाई ६५० एमजीको पारासिटामोल दर्ता गर्न दिने निर्णय ग-यो ।
यही चैत १० मा बसेको औषधि व्यवस्था विभागको औषधि सल्लाहकार समितिले नेपालमा ६५० मिलिग्राम (एमजी) को पारासिटामोल ट्याबलेट दर्ता गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै उत्पादन र बिक्री गर्ने स्वदेशी उत्पादकलाई बाटो खुलेको छ ।