अमेरिकामा फुच्चे धावकको चर्चा, टोकियो ओलम्पिकमा स्वर्ण जित्ने अपेक्षा
गोरखापत्र अनलाइन
असार १९, २०७८ शनिबार
टोकियो ओलम्पिक नजिकिँदै जाँदा अमेरिकाका एकजना फुच्चे धावकले चमत्कारिक प्रदर्शन गरेर सबैको वाहवाही लुटेका छन् ।
इरियोन नाइटन नाम गरेका अमेरिकाको फ्लोरिडा राज्यका १७ वर्षे धावकले १०० र २०० मिटर दौडमा चमत्कारिक प्रदर्शन गरेपछि टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने अपेक्षा गरिएको छ । अमेरिकाको खेलकुद क्षेत्रमा आइतवार उनले देखाएको प्रदर्शनपछि उनको चरित्चर्चा हुने गरेको छ । सन् १९६४ पछि ट्रयाक एण्ड फिल्डमा यति कम उमेरका...