कोरोना घटेसँगै कामका लागि भारत जाने नेपालीको सीमानामा लर्को
गोरखापत्र अनलाइन
असार २३, २०७८ बुधबार
भारत र नेपाल दुबै देशमा कोरोना संक्रमण घट्दै गएपछि फेरी एक पटक ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जान थालेका छन् ।
कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका हजार भन्दा बढी युवा दैनिक रोजगारीका लागि भारततर्फ गैरहेको यहाँस्थित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सई सन्तोष खनालले केही दिन यता आएर फेरी दैनिक भारतजाने नेपालीको लर्को सीमानामा लागिरहेको...