निषेधाज्ञा खुकुलाे, फेन्सी पसल खुल्ने, निजी गाडीमा जोर बिजोर
मुकुन्द गैरे
असार ६, २०७८ आईतवार
भोलि सोमबार रातिबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको छ । यसैगरी थप गरिएको निषेधाज्ञामा बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड नहुने थप व्यवसाय समय तोकेर चलाउन निर्णय भएको जिल्ला प्रशासन कार्यालय...