जुनको मध्यसम्ममा जानकारी दिनुपर्ने दिएन, अन्त्यसम्म आउने आश
विष्णु पाण्डेय
असार ४, २०७८ शुक्रबार
विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले पाउने कोरोनाविरुद्धको खोपको अझै टुङ्गो लाग्न सकेको छैन । कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड एक्स्ट्राजेनेकाद्धारा विकसित खोपका केही डोज उपलब्ध गराउने भने पनि अहिलेसम्म जानकारी नगराएको हो । नेपालले खोपका लागि अमेरिका , बेलायत र चीन लगायतका देशहरुसँग वार्ता गरिरहेको छ ।