एमालेले टुंग्यायो राष्ट्रियसभाका लागि सातै प्रदेशका उम्मेदवार
गोरखापत्र अनलाइन
पुष १९, २०७८ सोमबार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी माघ १२ गते हुुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशको उम्मेदवार टुंग्याएको छ । एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । यसैगरी, प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर ९निरु० दर्लामी, गण्डकी...