हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ’
रासस
जेष्ठ २५, २०७७ आईतवार
पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ । त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा हुनुहुन्छ एक वृद्धा महिला । विगत १० वर्षदेखिको एउटै दिनचर्यासँगै बितिरहेको छ उहाँको दैनिकी ।
उमेरले ८२ वर्ष पुगेको बताउनुहुने उहाँ अरुको सहारामा हुर्केबढेकाले नाम पनि सहारा क्षेत्री रहेको बताउनुभयो । “म जन्मेको एक महिनामा...