logo
२०८१ बैशाख ७ शुक्रवार



फेसबुकद्वारा फोटो र भिडियो सङ्ग्रहसम्बन्धी नयाँ सुविधा थप

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


फेसबुकद्वारा फोटो र भिडियो सङ्ग्रहसम्बन्धी नयाँ सुविधा थप


वासिङ्टन डिसी, जेठ २३ गते।
विश्वभरि अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरिकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो ।
नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनुपर्ने कम्पनीले जनाएको छ । गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानुपर्नेछ । त्यसका लागि सेटिङ्गमा जानुपर्दछ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर सङ्ग्रह हुने फेसबुकका अधिकारीहरूको भनाइ छ । फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ । आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिङ्क गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकका फोटाहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?