भोक्राहा नरसिंह गापामा जनसंख्या भन्दा बढी राहत लिने, राहत वितरण अन्यौल
गोरखापत्र अनलाइन ,
चैत्र २७, २०७६ बिहीबार
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा वडास्तरबाट गरिएको लगत संकलनलाई लिएर असमञ्जस्यताको अवस्था सिर्जना हुन पुगेको छ । गाउँपालिकाले यतिका दिन सम्म राहत वितरण नगरेको भनी सर्वसाधारणले आलोचना गरिरहँदा वडाले तयार पारेको विवरणहरु वडाको जनसंख्या भन्दा बढी राहत लिनेको संख्या आएकोले राहत वितरणमा थप अन्यौलता बढाएको छ ।