सीमा सुरक्षा गर्न गाउँपालिकाले म्यादी प्रहरी राख्ने
रासस
चैत्र २६, २०७६ बुधबार
भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. ७ को भँगालेटार, वडा नं. ९ पर्ने मचुवा, सिम्ले र चुहार सीमानाकाबाट बिनाअनुमति हुने आवतजावतलाई रोक्नका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो । गाउँपालिको सूचना जारी गरेर आजसम्म दर्खास्त दिन आह्वान गरेको छ ।