कोरोनाबाट पार पाएका भन्छन् : ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’
रासस
चैत्र २७, २०७६ बिहीबार
धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएस“गै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाउनुभएको हो । पाँच वर्षअघि अमेरिका आउनुभएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत हुनुहुन्छ ।