पाँच सय बढी नेपाली नागरिक सीमानामा अलपत्र
गोरखापत्र अनलाइन
चैत्र १०, २०७६ सोमबार
भारतबाट कोरोना भाइरस भित्रिन नदिन यहाँ स्थित नेपाल–भारत सीमानालाई एक साताका लागि पूर्ण रुपमा बन्द गरिएपछि ५ सय बढी नेपाली सीमा पारी अलपत्र परेका छन् ।
भारतको गुजरात, पन्जाब र राजस्थान लगायतका प्रदेशका विभिन्न ठाउँबाट तीन दिन अगाडी हिडेका ती नेपालीहरु सोमबार विहान ३ बजेदेखि सीमा पारी रुपैडिहा पुगेपनि सीमाना बन्द भएका कारण नाकामै अलपत्र परेका छन् ।