दुई किलोमिटरसम्म फैलिएको तामाकोसी बाधले आशा जगाउदैँ
गोरखापत्र अनलाइन
चैत्र ९, २०७६ आईतवार
दोलखाको बिगु गाउँपालिका–१ स्थित लामाबगरमा निर्माणाधीन बहुचर्चित माथिल्लो तामाकोसी आयोजनाको बाधको परिक्षण सफल हुँदै गएको छ ।
एक सय मिटर लम्बाइ र २२ मिटर उचाइ भएको बाधमा गत चैत ३ गतेबाट पानी जम्मा गर्न सुरु गरिएकोमा हालसम्म १५ मिटर उचाइसम्म पानी भरिएको छ भने करिब दुई किलोमिटर क्षेत्रफलसम्म पानी जम्मा भएको छ ।