जिप दुर्घटना: गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७६ बिहीबार
गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं. ६ वडा सचिव किरण रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।