प्रत्यारोपणका लागि प्रमलाई केही बेरमा शल्यक्रिया कक्षमा लगिदै
सरोज ढुङ्गेल
फाल्गुन २१, २०७६ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपणका लागि चिकित्सकहरू अन्तिम तयारीमा जुटेका र केही बेर मै उहाँलाई शल्यक्रिया कक्षमा लगिने भएको छ ।
त्रिबि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेम खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपणका लागि तयारी हुँदै गरेको र केही बेरमा शल्यक्रिया कक्षमा लगिने जानकारी दिनुभयो ।