कालाेबजारीलाई कारबाही, विदेशबाट मेसिन ल्याउने तयारी
गोरखापत्र अनलाइन ,
फाल्गुन २१, २०७६ बुधबार
सरकारले मास्क अभाव हुन नदिन विदेशबाट मेसिन नै ल्याएर उत्पादन गर्ने तयारी गरेको छ ।
कोरोना भाईरसको संक्रमण हुने खतरालाई बिचार गर्दै भारतबाट मेसिन ल्याएर उत्पादन गर्ने बिषयमा नेपाल चेम्बर अफ कमर्ससँग छलफल अगाडि बढाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।