अमेरिका र अष्ट्रेलिया जाँदा बैंक ब्यालेन्स देखाउने बाँध्यता
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७६ बुधबार
पैसा हुने वित्तिकै घर जग्गामा लगानी गरेकाहरुको पछिल्लो समयको आकर्षण भएको छ अमेरिका र अष्ट्रेलियासँगै युरोपेली देशहरुमा जानेहरुको बैक ब्यालेन्स ‘सो’ गरिदिने । निश्चित रकम कमिशन लिएर पैसा देखाइदिए वापतको रकमबाटै राम्रो कमाइ हुने भएकाले राजधानीमा यस्तो व्यवसाय फष्टाउँदै गएको छ । तर वैदेशिक रोजगारी नेपालीहरुका लागि महंङ्गो बन्दै गएको छ ।