छत माथि क्यारमबोर्ड, व्याडमिन्टन र लुँडो
गोरखापत्र अनलाइन ,
फाल्गुन ५, २०७६ सोमबार
सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृष्य देखिन्थ्यो । क्वारेनटाइनमा बसेकाहरुको तीन टोली छत माथि बसेर क्यारमबोर्ड खेलिरहेका देखिन्थे । केही लुँडो, केही ब्याडमिन्टन समेत खेलरहेका थिए । कोभिड–१९ (कोरोना भाइरस) को प्रकोप फैलिएको चीनको बुहानबाट उद्दार गरी ल्याइएका नेपालीको दैनिकी खेलकूदमा बितिरहेको छ