चिसोसँगै देशभर वायु प्रदूषण बढ्यो, सावधानी अपनाउन आग्रह
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७८ सोमबार
एक सातामै उपत्यकाको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ । तापक्रम ह््वात्तै कम भएसँगै विहान–वेलुकी चिसो बढेपछि वायु प्रदूषणको दर समेत बढेको छ । न्युनतम् तापक्रममा कमी आएसँगै वायुको गुणस्तर कम भएको वातावरण विभागको तथ्याङकमा उल्लेख छ । सोमबार २४ घण्टाको न्युनतम तापक्रम विराटनगरमा १५.२, सिमरा १५.५, काठमाडौंमा ९.२, धनगढी १५, महेन्द्रनगर १३ र जुम्लामा माइनस १ डिग्री सेल्सियस रहेको थियो ।