logo
२०८१ मंसिर ८ शनिवार

मृतक दश जनाकाे सनाखत (फाेटाे फिचरसहित)

पढ्नै पर्ने |
खुला |
फोटो फिचर |


2021-11-07-50067


प्रतीक शर्मा इच्छुक

सल्यान, कात्तिक २१ गते । सल्यानमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाले अहिलेसम्म दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जानकारी दिनुभयो । मृत्यु हुनेमा दुई जना पुरुष र १० जना महिला रहेको डीएसपी थापाले बताउनुभयो ।

जसमा सल्यान शारदा नगरपालिका–१२ घर भई हाल दाङ तुलसिपुर उपमहानगपालिका–६ बस्ने वर्ष ५३ की प्रभा चलाउने, सो नगरपालिका–२ बस्ने वर्ष ६१ की मिना डाँगी र वर्ष ६६ की लिला बुढाथोकी रहनुभएको छ । त्यस्तै सल्यान त्रिवेणी–१ काभ्रा बस्ने वर्ष २४ की मिना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने वर्ष ६० को डुलि रेउले, दाङ बबई गाउँपालिका–६ पन्चकुले बस्ने वर्ष ७० की कलादेवी बुढाथोकी, दाङ घोराही उपहानगरपालिका नारायनपुर बस्ने वर्ष ६५ की ईन्द्रा अधिकारी, ल्यिान छत्रेश्वरी गाउँपालिका–२ बस्ने वर्ष २९ को तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ बस्ने वर्ष ३५ की सावित्रा केसी र दाङ कोरबाङ बस्ने वर्ष ५ को सुरज ओली प्रहरीले जनााएको छ ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख १५५२ नम्बरको बस आइतबार मध्याह्न १२ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा कम्तीमा २० जना घाइते भएको उहाँले बताउनुभयो । घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी लिनुभयो ।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।