संसद भवन निर्माणले गति लिँदै, ३४ प्रतिशत काम सम्पन्न
गोरखापत्र अनलाइन
कार्तिक १२, २०७८ शुक्रबार
सिंहदरबारमा निर्माणाधीन अवस्थामा रहेको संघीय संसद भवनको काम हालसम्म ३४ प्रतिशत सम्पन्न भएको छ । एक सय ५१ रोपनीमा निर्माणाधीन संघीय संसद तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता अनुरुप २० महिना अघि देखि नै सुरु भएको हो । तर कोभिड–१९ महामारीका कारण निर्माण कार्य अतिप्रभावित बनेको विशेष भवन निर्माण आयोजनाका निर्देशक दीलिप शेखर श्रेष्ठले बताउनुभयो । यस पश्चात् सरकारले भवन निर्माण सम्पन्न गर्न छ महिना थप ग-यो ।