उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना
गोरखापत्र अनलाइन
मंसिर २४, २०७६ मंगलवार
नेपालका उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेकोले नेपालमा उच्च हिमपात हुने सम्भावना रहेको छ ।