भूगोल एउटै छ, रहनसहन मिल्छ मिलेर विकासको यात्रामा बढौं
रासस
मंसिर ७, २०७६ शनिबार
तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढाँै, हामीले जानेको ज्ञान तपाईंहरुलाई दिन्छौँ, तपाईंहरुले सिकेको सीप हामीलाई सिकाउनुहोस्” यो भनाइ छिमेकी मुलुक भूटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माको हो ।