रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
गोरखापत्र अनलाइन ,
मंसिर ९, २०७६ सोमबार
नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको छ । रुसको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति महामहिम भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि पठाउनु भएको औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गर्नुभएको हो ।