तारा चापागाई दुवे
पोखरा, फागुन १७ गते । गृहमन्त्री रामवहादुर थापा बादलले शान्ति सुरक्षा र सुशासनको अवस्था हिजोको तुलनामा राम्रो रहेको बताउनु भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय र आन्तिरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा शुक्रवारदेखि पोखरामा सुरु गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले शनिवार पत्रकारहरुसँगको कुराकानीमा यस्तो धारणा राख्नुभएको हो ।
सरकार गठन भएको दुई वर्ष पुगिसकेको र सरकारले दुई वर्षको समीक्षा समेत गरिसकेकोले देशमा शान्ति सुरक्षा र सुशासनको अवस्था हिजोको तुलनामा राम्रो रहेको उहाँले बताउनुभयो । सरकारले मात्र नभएर अन्तराष्टिय संघ संस्थाले समेत शान्ति सुरक्षा र सुशासनको अवस्था राम्रो रहेको र सरकारले प्रगति गरेको बताएको उहाँले थप्नुभयो ।
सरकारले विकास र समृद्धिका लागि समेत धेरै काम गरेको भन्दै गृहमन्त्रीले देशको आर्थिक बृद्धिदर गत वर्ष ७.१ प्रतिशतमा रहेकोमा चालु आर्थिक वर्षमा ८ प्रतिशत पुरयाउने र आउँदो तीन वर्षमा दोहोरो अंकमा पुरयाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
राष्ट्रिय सभामा खाली भएको १ सदस्यमा मनोनयन गर्ने विषयमा विवाद नरहेको र पार्टीले गरेको निर्णय मन्त्रिपरिषदले कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । पार्टीमा विवाद नभएपनि त्यसलाई विवादास्पद वनाईएको भनाई थापाको थियो ।
गृह मन्त्री थापा सगै गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिवहादुर चुमान, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद वस्याल, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्टिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, गृह मन्त्रालय अन्र्तगतका विभिन्न महाशाखा प्रमुख, प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका प्रमुखहरुको गोष्ठीमा सहभागिता रहेको छ ।