अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र
रासस
फाल्गुन १५, २०७८ आइतवार
न्यूनतम् पारिश्रमिक निर्धारण समितिको श्रमजीवी पत्रकार–मिडिया अध्ययन प्रतिवेदन, २०७८ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले विनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ । समितिले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका सञ्चारमाध्यममा कार्यरत २४१ पुरुष, ६९ महिला र एक अन्य गरी ३११ श्रमजीवी पत्रकारबीच गरेको अध्ययनमा सहभागीमध्ये १९२ जनाले मात्रै कार्यरत सञ्चार प्रतिष्ठानबाट आर्थिक वर्ष २०७७–७८ मा नियुक्तिपत्र लिएको र...