यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’
रासस
फाल्गुन १६, २०७८ सोमबार
तपाईं चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ ।