काँग्रेसद्वारा स्वतन्त्र सेनानी परिवारलाई सहयोग
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७८ शुक्रबार
नेपाली कांग्रेस कपिलबस्तले स्वतन्त्र सेनानी परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको छ । बैंकबाट लिएको ऋण तिर्न नसकेर घर लिलामी प्रक्रियामा जानबाट जोगाउन काँग्रेसले सो सहयोग गरेको हो । कपिलवस्तु नगरपालिका १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई सहयोग गरेको हो । रंगरेजका छोरा जावेदलाई तौलिहवास्थित काँग्रेसले पार्टी कार्यालयमा सो रकमको चेक हस्तान्तरण गरेको हो ।