logo
२०८१ जेष्ठ १ मंगलवार



पुल निर्माण भएपछि स्थानीय खुशी

खुला |
प्रदेश |


पुल निर्माण भएपछि स्थानीय खुशी


जीबछ यादव
लहान, फागुन ५ गते । हुलाकी सडकमा पर्ने सिरहा–सप्तरीको सीमाना रहेको बलान नदीमा पुल निर्माण भएपछि दुबै जिल्लाको स्थानीयहरु खुशी भएका छन् । पुल निर्माण कार्य सम्पन्न भएपछि लोड जाँच समेत गरिएको छ ।

४७० मिटर लम्बाई रहेको पुलको निर्माण कार्य सम्पन्न भएपनि औपचारिक रुपमा उदघाटन भएको छैन । सवारी साधन आवतजावत भने गरिरहेका छन् । बलान नदीको पूर्व सप्तरीको बलान बिहुल गाउँपालिकाको चन्ही र पश्चिम सिरहाको भगवानपुर गाउँपालिकाको कल्याणपुर र भगवानपुरबासी सबैभन्दा खुशी भएको बताएका छन् । यसअघि स्थानीयलाई सदरमुकाम राजबिराज जान समस्या भएपनि अब सहज भएको स्थानीय सन्तोष झाले बताउनुभयो ।

पुल नबन्दा वर्षायाममा १५ मिनेटको बाटो दुई घण्टा घुमेर जानुपर्ने अवस्था रहेको झाले बताउनुभयो । अब यस वर्षको वर्षातमा सहज हुने उहाँले बताउनुभयो । पुल निर्माण भएपछि छेउछाउको जग्गाको मूल्य पनि बृद्धि भएको छ । नदीमा पुल सम्पन्न भएको र मार्ग सुविधायुक्त भएमा यहाँका नागरिकको आर्थिक स्तर पनि बलियो हुने भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताउनुभयो । ‘शिक्षा, स्वास्थ्य र कृषिमा सुधारभयो भने यस भेगको विकास द्रुत गतिमा अघि बढ्छ र बेरोजगारी समस्या पनि समाधान हुन्छ’ उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?