logo
२०८१ बैशाख १७ सोमवार



विपन्न ३० घरधुरीलाई खाद्यान्न सहयोग

खुला |
प्रदेश |


विपन्न ३० घरधुरीलाई खाद्यान्न सहयोग


कमल शर्मा
दैलेख, फागुन ५ गते । नारायण नगरपालिका –१ कुई काना रातिमाटेमा बस्ने ३० घर दलित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मुगु जिल्ला खत्याड गाउँपालिका –३ बस्ने समाजसेवी युवा अनिल बानियाँको पहलमा खाद्यान्न सहयोग गरिएको हो ।

समाजसेवी अनिल बानियाँले दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेको विपन्न परिवारलाई सानो सहयोगबापत खाद्यान्न वितरण गरिएको बताउनुभयो । उहाँले नारायण नगरपालिकामा रहेका अति विपन्न समुदायको छनोटको जिम्मा नगरपालिका–१ का अध्यक्ष तीर्थनारायण श्रेष्ठलाई दिएको बताउनुभयो ।

छनोट गरे पनि प्रतिघर एक बोरा चामल र एक केजी नुन वितरण गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा समेत दुखी गरिब परिवारका लागि विभिन्न सङ्घ संस्था र मनकारीहरूसँग सहयोग मागेर आफूले हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।

नारायण नगरपालिका –१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले आफ्नो वडाका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने समाजसेवी अनिल बानियाँलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जिल्ला प्रशासनमार्फत सहयोग गर्न इच्छुक भएको कुरा आएपछि जिल्ला प्रशासनले त्यसको सहजीकरण गरेको बताउुनभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?