logo
२०८१ बैशाख ११ मंगलवार



पाल्पामा पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय

खुला |
प्रदेश |


पाल्पामा पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय


रेखीराम राना
पाल्पा, चैत २४ गते । जिल्लामा क्रियाशील पाँच दलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आपसी गठबन्धनसहित अगाडि बढ्ने निर्णय गरेका छन् । सरकारमा सहभागी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले स्थानीय निर्वाचनमा गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेका हुन् ।

पाँच दलका नेताहरू सहभागी बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो । दलहरूको आपसी सहमतिमै गठबन्धन गरेर निर्वाचनमा सहकार्य हुने निर्णय गरिएको उहाँले बताउनुभयो ।

निर्वाचनका लागि दलहरूले संयक्त संयन्त्र निर्माण गरेका छन् । जसको संयोजक हिमालदत्त श्रेष्ठ, सदस्यमा नेत्रप्रसाद पाण्डेय, खिमानन्द पाण्डेय (कमल), विशाल दर्लामी र मेयरमान राना रहनुभएको छ । यस्तै, निर्वाचनसम्बन्धी आवश्यक परामर्श, छलफल तथा संवादका लागि प्रत्येक दलबाट तीन–तीन जना रहनेगरी कार्यदल समेत गठन गरिएको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?