भीमेश्वर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७८ आइतवार
दोलखाको भीमेश्वर नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आइतबार भीमेश्वर नगरपालिकाले आयोजना गरेको समझदारीपत्र हस्ताक्षर समारोहबीच नगरप्रमुखहरु भरतबहादुर केसी र चिरीबाबु महर्जनले आठ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना भएको सार्वजनिक गर्नुभएको हो ।