logo
२०८१ बैशाख १४ शुक्रवार



गाउँमा मोटर बाटो पुग्ने प्रतिक्षामा छिचुका बासिन्दा

खुला |
प्रदेश |


गाउँमा मोटर बाटो पुग्ने प्रतिक्षामा छिचुका बासिन्दा


बेलिना थापा
लमजुङ, फागुन २९ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ५ छिचुका स्थानीयहरु गाउँमा मोटर बाटो पु¥याउन लागिपरेका छन् । गाउँ हालसम्म सडक सञ्जालसँग नजोडिएकाले सडक पु¥याउने अभियानमा लागेका हुन् । गाउँमा चाँडै मोटर बाटो पुग्नेमा आफूहरु प्रतिक्षा गरिरहेको गाउँलेको भनाई छ ।

स्थानीय योबहादुर गुरुङको अध्यक्षतामा छिचु मोटर बाटो उपभोक्ता समिति गठन गरी काम गर्दैआएका छन् । मस्र्याङदी गाउँपालिका ५ को सहयोगमा मोटर बाटो खन्ने कार्य थालिएको छ । वडा ५ को खानीगाउँ नजिकैको ह्युखोल डाँडादेखि ह्युखोल (को युँ तलतिर) सम्म सडक खनिएको छ ।

करिव ६०० मिटर सडकको ट्रयाक खोलिएको अध्यक्ष योबहादुर गुरुङले बताउनुभयो । उहाँकाअनुसार उक्त बाटोको लागत ५ लाख ४० हजार ७ सय ८० रुपियाँ ५२ पैसामा थियो । वडा कार्यालयले ५ लाख रुपियाँ र श्रमदान ५५ हजार ७ सय ८० रुपियाँ ५२ पैसा र अपुग भएपछि गाउँ सभाबाट विनियोजित थप २ लाख रुपियाँमा बाटो खनिएको हो । उक्त बजेटको काम सकिए पनि गाउँसम्म बाटो पुगेको छैन । रकम अभावमा बाटोको काम रोकिएको छ ।

गाउँमै बाटो पु¥याउने स्थानीयको इच्छा भएपनि बजेट अभाव भएको उपभोक्ता समितिका सचिव लालप्रसाद गुरुङले बताउनुभयो । उहाँकाअनुसार गाउँलाई सडक सञ्जालसँग जोड्न गाउँलेले छिचु गाउँको कोषमा रहेको एक लाख रुपियाँ बाटोका लागि खर्च गर्ने र्निणय गरेको छ । बाटोको काम अलपत्र परेपछि देशविदेशमा रहेका स्थानीयबाट पनि रकम सहयोग संकलन गर्ने स्थानीयले बताएका छन् ।

यसबर्ष केही रकम संकलन गरी अर्को बर्षसम्म गाउँमै सवारी साधन पुग्ने व्यवस्था मिलाउने स्थानीयले व्यक्त गरेका छन् । उक्त बाटोमा ढुंगा धेर भएकाले बाटो निर्माणमा समस्या भएको छ । २०७८ माघ १२ गते बाटो निर्माणको सम्झौता भएर चैत २५ गते सकाउने लक्ष्य थियो । बजेटले काम समयअघि नै सकिएको हो । थप बजेटको व्यवस्थापनमा लाग्ने स्थानीयको भनाई छ ।

उक्त बाटोले २०० जना नागरिक लाभान्वित हुनेछ । सडक सञ्जाल जोडिएमा सवारीमा आउजाउ गर्न सहज हुने बताएका छन् । यसबर्ष नै सडक पुग्ने आशामा रहेका स्थानीय सडक नपुग्दा निराश भएका छन् । अझै ंपनि सडक सञ्जालसँग गाउँ जोड्न नपाउँदा स्थानीयहरु दुखी भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?